काठमाण्डौ । बंगलादेशको राजधानी ढाकामा प्रहरीले अवैधानिक बसोबास गरेको भन्दै ४४ जना नेपालीलाई गिरफ्तार गरेको बंगलादेशका डेलीसन डट कम लगायतका सञ्चारमाध्यमले जनाएका छन्।
उनीहरुलाई बंगलादेशको राजधानी ढाकास्थित मीरपूरबाट अनुमतिभन्दा बढी समय बंगलादेशमा बिताएको आरोपमा गिरफ्तार गरिएको हो। स्थानीय समयअनुसार शुक्रबार बिहान ११ बजे पल्लवी थानाका प्रहरीले गिरफ्तार गरेको उक्त थानका प्रहरी प्रमुखले पुष्टि गरेका छन्।
उनीहरू बंगलादेश गएको वा अरु देशमा जाने क्रममा त्यहाँ अलपत्र परेको भन्ने खुलेको छैन। पक्राउ परेका सबै व्यक्ति पुरुष रहेको जनाइएको छ। पक्राउ परेकाहरु पर्यटक भिसामा मे २२ मा बंगलादेश पुगेका थिए । उनीहरुको भिसाको म्याद शुक्रबारै सकिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box