भद्रपुर । अाफूहरुको श्रम शोषण भएको भन्दै आन्दोलनमा उत्रिएका बाल शिक्षिकाहरूले भद्रपुर नगरपालिकामा २ घण्टा धर्ना दिएका छन् ।
साउन २५ बाट आन्दोलनमा उत्रिएका शिक्षिकाहरूको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि स्थानीय तह घेराउ कार्यक्रम अन्तर्गत धर्ना दिएका हुन् ।
नगर क्षेत्रमा रहेका ५७ जना शिक्षिकाहरूले विभिन्न माग सहितका प्ले कार्ड बोकेर धर्ना दिएका थिए ।
Facebook Comments Box