काठमाडौं । ग्रेस इन्टरनेशनलकाे अायाेजनामा यही भाद्र १३ गतेदेखि अष्ट्रेलियन शैक्षिक मेला शुरु हुँदैछ ।
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको ग्रेस इन्टरनेशनलले भाद्र १३ गतेदेखि बृहत् अष्ट्रेलियन शैक्षिक मेला शुरु हुन लागेकाे हाे ।
भाद्र १३ गते बुटवल, १४ गते चितवन, १५ गते पोखरा र १७ गते काठमाडौंमा बृहत् अष्ट्रेलियन शैक्षिक मेला अायाेजना हुनेछ।
कक्षा १२ उत्तीर्ण गरेका ब्याचलर, मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदातृहरुद्वारा करियर काउन्सेलिङसँगै उच्च शिक्षा अध्ययनका विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको हो।
‘ग्रेस इन्टरनेशनलले गर्ने शैक्षिक मेला अन्य शैक्षिक संस्थाले गर्ने भन्दा बृहद र फरक हुनेछ। हाम्रो शैक्षिक मेलाले विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने मात्र हैन, विद्यार्थीको करियर डेभलपमेन्ट कसरी गर्ने भन्ने विषयमा हुनेछ।
यस पटकको शैक्षिक मेलालाई प्रविधिमैत्री बनाउदै, पेपरको प्रयोगमा कमी ल्याउने छ साथै विद्यार्थीलाई उच्च शिक्षा अध्ययन का विषयमा प्रष्ट रुपमा बुझाउन डिजिटल प्रविधिको प्रयोग, शैक्षिक क्षात्रवृति,मेला स्थल मै भर्ना, विभिन्न ब्याङ्कहरुले दिने शैक्षिक ऋण, सीपसंगै, नेतृत्व विकास सम्बन्धि कार्यशाला यस पटक शैक्षिक मेलाको बिशेष आकर्षणको रूपमा रहनेछ।
यस शैक्षिक मेलामा अष्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहनेछ, जहाँ विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थीको शैक्षिक आर्थिक, भाषिक योग्यता हेरेर काउन्सेलिङ गर्नेछन्।
शैक्षिक मेलामा विद्यार्थीले अष्ट्रेलियन शिक्षा, त्यहाँका विश्वविद्यालय, कलेजका बारेमा जानकारी पाउनेछन् भने, अाइएल्टिएस मा कसरी उच्च अंक ल्याउने तथा करियर निर्माणमा कस्ता विषय अध्ययन गर्न सकिन्छ भन्ने परामर्श लिन सक्नेछन्।
यसका अलावा विद्यार्थीले अष्ट्रेलियाको भिजा प्रक्रिया, लागत, त्यहाँका कलेज तथा विश्वविद्यालयले दिने छात्रबृत्तिका बारेमा पनि विशेष जानकारी हासिल गर्न सक्ने बताइएको छ।