नवलपरासी पश्चिम । नेपाल मुस्लिम संघ नवलपरासीले बकर ईदको अवसरमा शुभकामना आदानप्रदान तथा बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।
बुधवार परेको बकर ईदको अवसरमा आज परासीमा संघका जिल्ला अध्यक्ष करिम खानको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।
मुस्लिम संघले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै नगर प्रमुख गुप्ताले आपसी सद्भाव कायम राखेर समाजिक सद्भावलाई मजबुद बनाउनु पर्नेमा जोड दिए ।नले हरेक धार्मिक ग्रन्थले समेत मानवहितका मानव एकताको सन्देश दिएको बताउँदै बकरईद पर्वले समेत भाईचारा र एकतामा टेवा पुर्याउने शुभकामना ब्यक्त गरे ।
विगतमा ईद, बकर ईद र अन्य मुस्लिम समुदायका पर्वहरुमा सरकारले सार्वजनिक विदा दिने गरे पनि बर्तमान सरकारले विभिन्न ईस्लामिक बिदा दिनेमा उदार नरहेकोमा उनले गुनासो गरे ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं १६ का अध्यक्ष शुकबहादुर गुरुङ्ग, नेपाली कांग्रेस जिल्ला कार्य समिति नवलपरासीका निर्वाचित सचिव बिक्रम यादव, पृथ्वीचन्द्र अस्पताल परासीका निवर्तमान अध्यक्ष सन्तोष श्रीवास्तव, मुस्लिम संघका जिल्ला उपाध्यक्ष बदरी आलम लगायतले बकरीदको शुभकामना दिए ।
उक्त कार्यक्रममा अस्पतालका ५० जना विरामीहरुलाई स्याउ, केरा, अनार र फ्रुटी वितरण गरिएको संघका सचिव आलमगिर खानले जानकारी दिए ।