काठमाडौं । कान्तिपुर सिटी कलेज (केसीसी)ले ‘केसीसी एक्जिबिट २०१८’ सम्पन्न गरेको छ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधिमा अग्रणी कलेज केसीसीको सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)को आयोजनामा एक्जिबिसन सम्पन्न भएको हो।

नवीनता, एकीकृतता र दिगोपन मूल नारा रहेको उक्त प्रदर्शनीमा स्मार्ट शहरबारे ‘दिगो विकासका लागि स्मार्ट सिटी’ विषयक गोष्ठीमा छलफल गरिएको थियो। प्रदर्शनीमा इको–स्मार्ट सिटीको नमूना, अटोमेटिक स्मार्ट ट्राफिक लाइट लगायत सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका ४५ वटा प्रदर्शनी राखिएका थिए।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दासले प्रदर्शनीको उद्घाटन गरेका थिए। केसीसी एक्जीबिट २०१८ मा विभिन्न कलेज र स्कुलका विद्यार्थी, प्राचार्य, शिक्षक र प्रतिनिधिहरूका साथै औद्योगिक क्षेत्र, सरकारी निकाय, संघसंस्था, विज्ञलगायतको उपस्थिति थियो।
माछापुच्छ्रे बैङ्क प्रा.लि.को प्रमुख प्रायोजन रहेको ‘केसीसी एक्जीबिट २०१८’ मा नियोस्फेर, अग्नि मोटो प्रा.लि., वर्ल्ड लिङ्क (इन्टरनेट सहकार्य), चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट, आइटी ट्रेनिङ प्रा.लि., आरआर श्री प्रविधि स्कुल, क्यान फेडेरेशन, नेपाल सरकारअन्तर्गतका सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग रहेको थियो। कार्यक्रममा गायिका आस्था राउत र हास्य कलाकार जितु नेपालको प्रस्तुतिले थप रौनकता थपेको थियो।
दुईदिनमा करिव २० हजारले उक्त प्रदर्शनीकाे अवलाेकन गरेकाेकलेज प्रशासनले जनाएकाे छ ।


