काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल भोलिमात्रै सार्वजनिक गर्ने बताएकाे छ ।
आज बुधबार सार्वजनिक गर्ने तयारी भएको भए पनि केही प्राविधिक कारणले गर्दा कक्षा १२ को परीक्षाफल बिहीबार मात्रै प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले यस वर्ष पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ ( अक्षराङ्कन) सिस्टममा प्रकाशित गर्न लागेको हो ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मंगलबारै नतिजा प्रकाशन गर्ने गरी तयारी गरे पनि केही प्राविधिक समस्याका कारण भोलि बिहीबार मात्रै सार्वजनिक गर्न सकिने बताए । गत वैशाख १४ गतेदेखि भएको कक्षा १२ को परीक्षामा नियमित तर्फ ३ लाख र आंशिक तर्फ १ लाख गरी कूल ४ लाख विद्यार्थीहरु सहभागी थिए ।
Facebook Comments Box