काठमाण्डाैं । अन्तर्राष्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्ने अष्ट्रेलियन संस्था आईडीपी एडुकेशनले नेपाली विद्यार्थीका लागि ५० हजार डलर बराबरकाे अन्तर्राष्ट्रिय शिक्षा छात्रवृत्तिकाे घाेषणा गरेकाे छ ।
संस्थाले अष्ट्रेलिया, अमेरिका, क्यानडा , न्यूजिल्याण्ड, र आयरल्याण्ड जस्ता देशहरुमा पढ्न चाहाने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हाे ।
काठमाण्डाैंकाे याक एण्ड यति हाेटलमा अायाेजित एक कार्यक्रमा आईडीपीले नेपालमा आफ्नो परामर्श कार्य थालनी भइसकेकाे बताएकाे छ ।
संस्थाले नेपालका विद्यार्थीहरुलाई अाफ्नाे अन्तर्राष्ट्रिय शिक्षाकाे लक्ष्य हासिल गर्न सघाउ पर्याउन यहि अगस्ट १ सम्मा काठमाण्डाैंमा एक कार्यालय सञ्चालनमा ल्याउने अाईडीपी एडुकेशनका दक्षिण एशिया क्षेत्रीय निर्देशक पियुश कुमारले बताए ।
कार्यक्रममा अाईडीपीका सिईओ एन्ड्रयू बार्कलाले नेपाली विद्यार्थीको छनोट प्रतिस्पर्धा तथा शैक्षिक योग्यताको आधारमा गरिने बताए । उनले भने,”नेपालका विद्यार्थीहरुकाे थप अवसरह सिर्जना गर्न अाईडीपीले महत्वकांक्षी १० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने घाेषणा गरेकाे हाे ।”
बार्कलाले अगाडि भने,” हामी नेपालका केहि गैर सरकारी संस्थाहरुसंग सहकार्यमा गुणस्तर शिक्षाकाे पहुँचबाट बन्चित बालबालिकाहरुलाई सहयाेग गरी समाजमा बन्चित भएका युवाहरुकाे माझमा शिक्षाकाे मार्ग सहज गर्न तत्पर छाैं ।”
अष्ट्रेलियाकाे धिताेपत्र बाेर्डमा सूचीबद्ध आईडीपीले विश्वका ३० देशकाे ६ सय ५० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुसंग सहकार्य गरेर काम गर्दै आएको क्षेत्रीय निर्देशक पियुश कुमारले बताए । कार्यक्रमा उनले दक्षिण एसियाका सबै देशमा अाईडीपीका कार्यक्रमहरु संचालन भइसकेकाे र नेपालका विद्यार्थीहरुले पनि गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन भनेर नेपालमा पनि अाफ्नाे कार्यक्रम ल्याएकाे बताए ।
के हाे अाईडीपी ?
अाईडीपी अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्ने संस्था हाे । १०० भन्दा बढी देशमा सञ्जाल रहेकाे यस संस्था एएसएक्स (ASX) सूचीबद्ध कम्पनी हाे जसमा ५० % स्वामित्व अष्ट्रेलियन विश्वविद्यालयकाे रहेकाे छ ।
झण्डै ५० वर्षदेखि उच्च शिक्षाकाे क्षेत्रमा काम गर्दै अाएकाे अाईडीपीले हालसम्म ४ लाख भन्दा बढी विद्यार्थीहरु अष्ट्रेलिया, अमेरिका, क्यानाडा, न्यूजील्याण्ड र अायरल्याण्ड लगायतका देशहरुमा भर्ना गरिसकेकाे छ । अाईडीपीकाे अाईईएलटिएस (IELTS) मा समेत स्वामित्व रहेकाे छ ।