फोब्र्स पत्रिकाले हरेक वर्ष विश्वको सबैभन्दा धनी व्यक्तीको सूची सार्वजनिक गर्ने गरेको छ । फोब्सले यस वर्ष पनि धनी व्यक्तिको सूची सार्वजनिक गरेको छ । फोब्र्सका अनुसार यस वर्ष विश्वको सबैभन्दा धनी व्यक्तीको सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स परेका छन् । बिल गेट्सको ७८ अर्ब डलर बराबरको सम्पति छ । बिल गेट्स यस अघि पनि विश्वको सबैभन्दा धनी व्यक्तिको पहिलो सूचीमा परेका थिए । यस्तै बिल गेट्सपछि अमान्सियो ओर्टेगा ७३ दशमलव १ अर्ब डलर बराबरको सम्पतिका साथ दोस्रो स्थानमा परेका छन् ।
यस्तै जेफ बेजोस विश्वकै तेस्रो धनी व्यक्तिको सूचीमा परेका छन् । अनलाइन सपिङ्घ गराउने वेवसाइट अमेजनको आम्दानी बढ्दै जानु र बढ्दो शेयर कारोबारसँगै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ जेफ बेजोस विश्वकै धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरमा परेका हुन् । बेजोससँग ६५ दशमलव ३ प्रतिशत अर्ब डलर बराबरको सम्पति छ ।