फिलाडेल्फिया (संयुक्त राज्य अमेरिका) –अमेरिकाको डेमोक्याट्रिक पार्टीले अगामी राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई औपचारिक रूपमा उम्मेदवार घोषणा गरेको छ ।
यसअघि उहाँलाई सो पार्टीले राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनयन मात्र गरेको थियो । औपचारिक उम्मेदवार घोषणालाई वर्तमान राष्ट्रपति बाराक ओबामाले पनि पूर्ण समर्थन जनाएका छन् ।
उम्मेदवार हिलारी क्लिन्टनले पार्टीको औपचारिक घोषणालाई स्वीकार र स्वागत गर्दै आफू राष्ट्रपति पदमा निवार्चित भएमा अमेरिकामा थप रोजगारीका अवसर सिर्जना गर्न र सँगसँगै पारिश्रमिक दरमा वृद्धि गर्न पूरा प्रयास गर्नु नै आफ्नो प्रारम्भिक लक्ष रहने बताइन् ।
साथै अमेरिकालाई स्थायी र दृढ नेतृत्व प्रदान गर्न आफूले कार्यभार सम्हालेको पहिलो दिनदेखि अन्तिम दिनसम्म सघर्ष गर्ने बताएकी छन् । अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनी नयाँ इतिहास रच्ने आकाङ्क्षा पाल्नु भएकी हिलारीले अमेरिकाको विदेश मन्त्रीको नेतृत्व पनि सफलतापूर्वक निर्वाह गरेकी थिइन् ।
फिलाडेल्फियामा सम्पन्न डेमोक्र्या्टिक पार्टीको राष्ट्रिय भेलाको अन्तिम दिन उम्मेदवार क्लिन्टनले वर्तमान अन्तर्रा्ष्ट्रिय परिवेशलाई अमेरिकी दृष्टिले निरुपणलाई गर्दै आफ्नो सम्बोधनको क्रममा बग्दाददेखि काबुलसम्म, निसदेखि पेरिस र ब्रुसेल्ससम्म, सान बर्ना्र्डिनोदेखि ओल्र्यान्डोसम्म बाटा भरी कांडैकाडा बिच्छ्याइएका समाचार पत्रपत्रिका हेर्ने सबैले दिनका दिन पढिरहेका छन् ।
धम्की र विचलनको त्रासवश ती सबैले अमेरिकालाई नै याचनाको आँखाले हेरिरहेका छन् । हिलारीले अमेरिकाले यस्ता सबै चुनौतीको सामना गर्दै शान्तिका लागि धर्मयुद्धमा होमिई ज्ञात शत्रु जतिलाई जित्नै पर्छू भनिन् ।
रासस /सिन्ह्वा