कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले संस्थागत निजी विद्यालयलाई व्यवस्थित बनाउनका लागि १६ बुँदे निर्देशन जारी गरेको छ ।
निजी विद्यालयले अनुमति पत्र सबैले देखिने गरी बिद्यालयमा टाँगेर राख्ने, गतवर्ष जिल्ला शिक्षा कार्यालयले तोकेको शुल्कलाई कामय राख्ने, शैक्षिक तथ्यांक व्यवस्थित रुपमा राख्ने विद्यालय छात्रवृत्ति वितरण कार्यविधिअनुसार कार्यान्वयन गर्न निर्देशन जारी गरिएको छ ।
“विद्यार्थी भर्ना हुँदा जन्म दर्ताको प्रमाणपत्र अनिवार्य रुपमा नलिने देखिएकाले जन्म दर्ताको प्रमाणपत्र बिना विद्यार्थी भर्ना गर्न निर्देशन गरेका छौं” नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अवस्थीले भन्नुभयो ।
विशेष अवस्थाका बालबालिका मैत्री, परीक्षा केन्द्रित मात्रै नभइ पाठ्यक्रमले तोकेको सिकाइ उपलव्ध केन्द्रित हुनुपर्ने, विद्यालयले तिर्नुपर्ने सरकारी कर समयमै तिरी लेखापरीक्षण अनिवार्य रुपमा गराउनुपर्ने र वार्षिकोत्सव जस्ता कार्यक्रममा राष्ट्रियता झल्किने कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ ।