काठमाण्डाैं । कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम प्रणाली लागू गर्ने शिक्षा मन्त्रालयको तयारी रहेको छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले आधारभूत तह कक्षा १ देखि ८ र माध्यमिक तह कक्षा ९ देखि १२ लाई आधार बनाएर पाठ्यक्रमको मूल रूपरेखा तयार पार्ने काम भइरहेको बताउनु भयो । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार भएलगत्तै कक्षा १ दैखि ३ सम्मको पाठ्यपुस्तक परिवर्तन हुने उहाँले जानकारी दिनु भयो ।
यसअघि शिक्षा मन्त्रालयले कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रम निर्माण गर्ने काम ०७५ को असारसम्म सक्ने तीन महिने कार्ययोजना सार्वजनिक गरिसकेको छ । कार्यकारी निर्देशक काप्रीले विद्यालयतहको शिक्षाको पाठ्यक्रम, पाठ्यभार र विषय कति रहने भनेर राष्ट्रिय पाठ्यक्रमले गाइड गर्ने बताउनु भयो ।
Facebook Comments Box