काठमाण्डाैं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले त्रिवि अन्तर्गतका क्याम्पसमा कुनै संकायमा १० जना भन्दा कम विद्यार्थी भएमा त्यस्ता संकायको पठन पाठन बन्द गर्ने बताउनु भएको छ ।
उहाँले त्रिविको शिक्षा सुधार कार्यक्रमअनुसार १० भन्दा कम विद्यार्थी भएका संकायका विद्यार्थीलाई अर्को क्याम्पसमा स्थानान्तरण गर्ने जानकारी दिनु भयो ।
त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा सुधार परियोजना कार्यालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले कुनै संकायमा एक–एक जना विद्यार्थी राखेर बस्ने समय अब नरहेको बताउनु भयो ।
Facebook Comments Box