जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले दुई बालबालिकालाई विद्यालयमा भर्ना गरेर आज विद्यार्थी भर्ना अभियानको शुरुवात गर्नुभएको छ ।
उहाँले शिव माध्यमिक विद्यालय कालेगाउँमा भेरी नगरपालिका–१ का प्रमोद रावतलाई १ कक्षा र शर्मीला विकलाई ७ कक्षामा भर्ना गरेर अभियानको शुरुवात गर्नुभएको हो । भर्नासँगै मन्त्री बस्नेतले बालबालिकालाई पाठ्यपुस्तक र शैक्षिक सामग्री समेत उपलब्ध गराउनुभएको छ ।
Facebook Comments Box