पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
उहाँले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराउनुभयो ।
भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी र आमाले मजदूरी गरी परिवारको गर्जो टार्दै आएकी छन् ।
राष्ट्रिय भर्ना अभियान, २०७५ को आज शुभारम्भ गर्दै उहाँलेबेरोजगारी समस्या समाधान गर्न गुणस्तरीय शिक्षा अपरिहार्य भएकामा जोड दिनुभयो ।
Facebook Comments Box