दक्षिण सुडानमा युद्धविरामको घोषणा भएको छ । केही दिनदेखि चलिरहेको हिंसात्मक झडपपछि राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रिक मचारले युद्धविरामको घोषणा गरेका हुन् । 
गएको बिहीबारदेखि राजधानी जुबामा राष्ट्रपति किर र उपराष्ट्रपति मचारको पक्षमा रहेका सैनिकबिच झडप भएको थियो । त्यसक्रममा दुई सय जना भन्दा धेरैको ज्यान गएको छ ।
झडपको क्रममा ठूलो मात्रमा तोप, ट्यांक तथा हेलिकप्टरको पनि प्रयोग भएको थियो । हिंसा भड्किँदै गएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले दुवै पक्षलाई लडाइँ रोक्न आह्वान गरेको थियो ।
सुरक्षा परिषदले पछिल्लो संघर्षले विश्वको कान्छो राष्ट्रका लाखौं नागरिकको सुरक्षामा खतरा रहेको भन्दै निन्दा गरेको थियो । सुरक्षा परिषदले दक्षिण सुडानमा शान्ति सेना पठाउने निर्णय पनि गरेको छ ।
– एजेन्सीको सहयोगमा
Facebook Comments Box