काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्व उपकुलपति डा गोविन्दप्रसाद शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिएको छ । उहाँको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि बुधबार ७५ वर्षका उमेरमा निधन भएको हो ।
विसं २०५९ मा उपकुलपति हुनुभएका डा शर्माको शव बिहीबार काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रबारका लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्वघोषित परीक्षाका कार्यक्रम भने यथावत् रहनेछ ।
Facebook Comments Box