काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको छ ।
सोमबार बेलुका चौधरीको निवासमा पुगेर अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पुगेका व्यक्तिहरुले उहाँलाई गोली प्रहार गरेका थिए । घाइते भएका चौधरीको घोडाघोडी अस्पतालमा सामान्य उपचार भएपछि नेपालगन्ज रिफर गरिएको छ ।
प्रदेश नम्बर ७ का एआईजी माधव नेपालका अनुसार अज्ञात समूहले चौधरीमाथि आक्रमण गरेको हो । आक्रमणकारीको खोजी कार्य जारी रहेको उनले जानकारी दिनु भयाे ।
गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि बोक्सीको आरोपमा झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि उहाँ विवादित बन्नु भएकाे थियाे।
उहाँको कम्मरमुनी गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको प्रहरी निरीक्षक कर्णसिंह कार्कीले जानकारी दिनु भयाे ।