काठमाडौं । खेलमा बढी ध्यान पुर्याउन भन्दै सानिमा बैंकले राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछानेको प्रायोजन रकममा बृद्धि गरेको छ ।
सानिमा बैंकले सन्दीप लामिछानेलाई प्रायोजन गरेको दुई वर्ष भएको छ । दुई वर्षसम्म मासिक २० हजार उपलब्ध गराएको सानिमाले अबदेखि मासिक ४० हजार रुपैयाँ उपलब्ध गराउनेछ । यो सम्झौता २ वर्षका लागि गरिएको हो ।
हालै इण्डिन प्रिमियर लिग आईपीएलमा अनुबन्ध भएका सन्दीपको यो सम्झौता आगामी अप्रिल महिनादेखि लागू हुनेछ । सानिमा बैंकले सन्दीपको ध्यान पूर्ण रुपमा क्रिकेटमा मात्र जाओस भनेर प्रत्योसाहनका लागि रकम बढाएको स्पष्ट पारेको छ ।
Facebook Comments Box