एजेन्सी । बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच छलफल भएको छ ।
यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन् ।
दुई देशका उच्च अधिकारीबीच यस बिषयमा छलफल सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
म्यानमारमा पछिल्ला केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर म्यानमारको रोहिङ्ग्या समुदायका लाखौँ नागरिकले देश छोडेर भागेका थिए ।
रोहिङ्ग्याहरुको बसोबास रहेको म्यानमारको राखिन राज्यबाट छ लाख भन्दा बढी नागरिक भागेर बंगलादेश पुगेका थिए । भागेर आएका शरणार्थीहरु अझै पनि बंगलादेशको कोक्स बजार क्षेत्रमा बस्दै आएका छन् ।