ताप्लेजुङ । दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डाकाे संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा ६८ लाख खर्च गरिने भएको छ ।
यस जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले ६८ लाख ४६ हजार ३०० बजेट छुट्याएको हो ।
नेपालको २३ जिल्लामा पाइने रेडपाण्डाको संरक्षण गर्न संस्थाले सन् २०१६ देखि काम गरिरहेको छ । सो रकम अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, बासस्थानको व्यवस्थापन र दिगो जीविकोपार्जनका विषयमा खर्च गरिने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो ।
मञ्चले गत वर्ष पनि ४३ लाख ८४ हजार ५० खर्च गरेको थियो । यसअन्तर्गत ताप्लेजुङ जिल्लामा रेडपाण्डाको वासस्थान एक हजार ५९ वर्ग किलोमिटरमा रहेको पहिचान भएको थियो ।
Facebook Comments Box