काठमाण्डाैं । भूमिसुधार कार्यालय, भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाईं सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका छन् । उनी चार लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वरस्थित शिखर खाजा घरबाट उनलाई नियन्त्रणमा लिएको आयोगका सहन्याधिवक्ता पदमप्रसाद पाण्डेले बताउनु भयो ।
Facebook Comments Box