काठमाण्डाै । आगामी मार्चमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
जिम्बाम्बेमा हुने विश्वकप छनोटको लागि कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिसदका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षण जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले ४ वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
छनोटमा हालै नामिबियामा सम्पन्न डिभिजन टु खेलेकै खेलाडीहरुले स्थान बनाएका छन् ।
विश्वकप छनोट खेल्ने नेपाली टोलीमा स्पिनर ललित नारायण राजवंशीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएका छन् । यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी बैकल्पिक खेलाडीमा अटाएका छन् ।
आगामी मार्च ४ देखि २५ सम्म चल्ने विश्वकप छनोटमा नेपाल समूह बि मा रहेको छ । नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।