हेटौँडा । हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्डकपमा आइतबार विभागीय टोली नेपाल पुलिस क्लब र विजय युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ।
वन विज्ञान अध्ययन संस्थाको मैदानमा हुने खेलामा सेमिफाइनल प्रवेशका लागि घरेलु टिम विजय युथले १६औं संस्करणको आहा रारा गोल्डकप विजेता पुलिससँग प्रतिष्पर्धा गर्ने भएको हो।
यसअघि शनिबार भएको खेलमा विभागीय टिम एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ।
Facebook Comments Box