सिमकोट । कुनै समय सौखका रुपमा पालिने चौरीलाई पछिल्लो समय आम्दानीको श्रोत वन्न थाले पछि यस पेशातर्फ किसानहरु आर्कषित हुन थालेका छन । अझ यसलाई फोमका रुपमा चौरी पालन गर्दा बार्षिक दुुई देखि आठ लाखसम्म कमाई हुन थाल्दा झनै यस पेशामा किसानको आर्कषण बढ्दै आएको छ ।
२७ वटा चौरी हिमाली परियोजनाको अनुुदान सहयोगमा पाउनुु भएका पशुुपालक चाङला चौरी फारमाका संचालक बिजय लामाले हाल ५५ वटा पुुगेको वताउनुु भयो ।
बाउ बाजेले रहरका लागि एक दुई वटा चौरी पाल्ने गरेको भए पनि यसरी पछिल्ला समयमा फारम कै रुपमा धेरै चौरी पाल्ने हुम्ला जिल्ला मध्य कै किसान लामा हुनुुहुन्छ । यस वर्ष वार्षिक कमाई आठ लाख भएको बताउनुु हुने लामाले यो आम्दानी घिउ तथा छुर्पी बिक्री गरेर भएको र तीन जनालाई रोजगारी पनि दिएको उहाँले बताउनुु भयो ।
दुई बर्ष अगाडीसम्म चौरी पालन पेशा लोप हुने अबस्थामा पुुगेको भए पनि हिमाली आयोजनाको आर्थिक सहयोगमा यो ब्यबसाय फस्टाउन थालेको उहाँले बताउनुु भयो ।
त्यसै गरि पचास वटा चौरी हिमाली परियोजना कै अनुुदानमा किनेर व्यवसायीक फारम बनाउनुु भएका नाम्खा गाँउ पालिका वडा नम्बर ६ लिमीका पाल्जोर तामाङ्गले पनि यो पेशावाट निक्कै सन्तुुष्टि भएको बताउनुु भयो ।
यो वर्ष साढे सात लाख कमाई भएको बताउने तामाङ्गले अव ६५ चौरी पुुगेको र आम्दानी पनि बढ्ने उहाँले बताउनुु भयो । आफ्नो परिवारका सदस्य र अन्य तीन जना गरि हाल चार जनालाई रोजगारी दिएको वताउने तामाङ्गले कमाई पनि राम्रै भएको बताउनु भयो ।
हिमाली आयोजनाले नाम्खा र सिमकोट गाँउ पालिकाका पाँच वटा चौरी पालन उपयोजनाहरुलाई लगानी गरेकोमा सवै परियोजना सफल भएको आयोजनाका जिल्ला कृषि व्यवसाय विज्ञ कमल छत्यालले बताउनुु भयो ।
आयोजनाले लगानी गरेका ७० वटा आयोजना मध्य अन्य राम्रै भए पनि सफल व्यवसाय हुम्लामा चौरी पनि परेको देखिएको र यसले गर्दा हुुम्लामा चौरी पालन ब्यबसाय फस्टाउन थालेको र आम्दानी पनि किसानले राम्रो गर्न थालेको उहाँले बताउनु भयो ।
पाँच वटै चौरी पालन ब्यबसायले कम्तीमा बार्षिक कमाई दुुई लाख भन्दा बढि गर्दा अव ब्यक्तिगत रुपमा पनि चौरी पालनमा किसानहरु लाग्न थालेको बिज्ञ छत्यालले बताउनुु भयो ।
सामान्य घाँसपातबाट पनि चौरी पाल्न सकिने अवस्थामा पनि दिनको दुई देखि तीन लिटर दुुध दिने चौरी वहुुउपयोगी जात भएको जिल्ला पशुु सेवा कार्यालयका डाक्टर हरि वहादुुर कुुँवले बताउनुु भयो ।
चौरीलाई आबश्यक मात्राको आहारा ब्यबस्था गर्न सके यसबाट पनि उन्नन गाई भन्दा वढि १५ देखि २० लिटर दैनिक दुध दिने चौरीको प्रजाति हुम्लामा भएको र त्यसको व्यवस्था नगरिएको कारण हाल दुध कम दिने गरेको उहाँले बताउनुु भयो ।
जस्तो जाडोमा पनि खप्ने चौरीको गोवरबाट मल, छाला र पुुच्छर पनि प्रयोग गर्न सकिने उहाँले बताउनुु भयो । त्यो संगै चौरीको छुर्पी र घीउ पनि राम्रो प्रशोधन गरेर बिदेशमा महंगोमा बिक्री भै रहेकोले यसको बहुउपयोगीता रहेको उहाँले बताउनु भयो ।
मरे पछि मासुुको रुपमा पनि स्थानीयले प्रयोग गर्ने गरेको बताउदै उहाँले अहिले चौरीको सुुकुुटी पनि बिदेश निर्यात हुने गरेको उहाँले बताउनुु भयो ।
हुम्ला जिल्लामा चौरी पालन ब्यबसायको संभाबना भएको कारण हाल केही मात्रामा चौरी पालन ब्यबसाय राम्रो देखिएको भए पनि यसलाई अव स्थानीय सरकारले ब्यबसायको रुपमा बिास गर्नु आबश्यता रहेको उहाँले बताउनुु भयो ।