काठमाण्डाैं । उदयपुरको बेलका नगरपालिकामा पहिलोपटक प्याराग्लायडिङ र र्याफ्टिङको सफल परीक्षण गरिएको छ । बेलका नगरपालिकाको पर्यटन विकास समितिले आज सफल परीक्षण गरेको हो ।
बेलका नगरपालिका प्रमुख दुर्गा थापाले आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि गर्नका लागि परीक्षण गरिएको बताउनु भयो । बेलका नगरपालिका–८ बोपताङ र चम्पाकोट डाँडाबाट प्याराग्ल्याइडिङको सफल उडानको सफल परीक्षण गरिएको हो ।
नेपाल प्याराग्ल्याडिङ एन्ड ह्याङ ग्ल्याडिङ संघले राष्ट्रिय खेलकुद विकास समितिको सहयोगमा सफल उडान परीक्षण भएको हो ।
Facebook Comments Box