काठमाण्डाैं । ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि लगाइएको महायज्ञमा एक करोडभन्दा बढी रकम संकलन भएको छ ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा विभिन्न दाताले करिब एक करोड ४९ हजारको हाराहारीमा दान गरेको महायज्ञ आयोजक समितिले जनाएको छ । यसमध्ये ९६ लाख रुपैयाँ जम्मा भईसकेको र केही दाताले नाम टिपाएर रकम दिन बाँकी रहेको प्रचार समितिका संयोजक सजन पौडेलले जानकारी दिनु भयो ।
महायज्ञमा व्यक्ति र संघसंस्था गरी १ हजार ६ सय ३७ जनाले दान गरेका थिए । सबैभन्दा बढी प्रदेश १ का प्रदेशका प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले तीन लाख ३ हजार ३ सय ३३ रुपैँया दान गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र प्रसाद तुम्याहाङले बताउनु भयो ।
Facebook Comments Box