काठमाण्डौं । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले काठमाण्डौको सिनामंगलस्थित विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ ।
गत पुस २९ गते बसेको सुदूर पश्चिमाञ्चल विश्वविद्यालयसभाले ऐन विपरित प्राध्यापकहरुको पेशागत हक अधिकार विरुद्ध नियमावली संसोधन गरेको भन्दै सोमबार संघर्ष समितिले विश्वविद्यालयको काठमाण्डौ सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हो ।
सुदूर पश्चिम विश्वविद्यालय ऐनमा भएको व्यवस्था अनुसार विश्वविद्यालय र क्याम्पसहरुबीच समायोजन सम्बन्धि अन्तिम सम्झौता गर्दा सम्मका शिक्षक, कर्मचारी ÷जो जुन अवस्थामा छन् सोही अवस्थामा समायोजन गर्नुपर्ने माग पनि संघर्ष समितिले गरेको छ । समायोजन भईसकेको सिद्धनाथ बहुमुखी क्याम्पसको नजिर अनुसार अरुलाई पनि समायोजन गर्नुपर्ने तर्क पनि समितिले गर्दे आएको छ ।
संघर्ष समितिले सेवा सुविधा तथा सर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजन भई आएका शिक्षक, कर्मचारी सरह हुनुपर्ने माग पनि गर्दे आएको छ ।