काठमाण्डाैं । यातायात व्यवस्था विभागले आजदेखि दुई पांग्रे सवारी साधनमा समेत इम्बोस्ड नम्बरप्लेट जडान सुरु गरेको छ। प्रदेश नम्बर ३ मा दर्ता भएका दुई पांग्रे सवारी साधनका लागि इम्बोस्ड नम्बर प्लेट जडान जडान सुरु गरिएको हो ।
विभागको सूचना अनुसार नम्बर प्लेट जडानका लागि अनलाइन फारम भर्नुपर्ने हुन्छ । फर्म भरेपछि इम्बोस्ड नम्बर प्लेट जडान हुने मितिको सूचना प्राप्त हुन्छ ।
सोही अनुसार मातातिर्थस्थित यातायात व्यवस्था कार्यालयमा राजश्व बुझाएपछि मोटरसाइकलमा नम्बरप्लेट जडान हुने छ । मोटरसाइकलका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २ हजार ५ सय रुपैयाँ राखिएको छ ।
भारतमा करिब ६ सय भारुमा मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ । नेपालमा ठेकदार कम्पनीको दबाबमा उच्च शुल्क राखिएको छ ।
Facebook Comments Box