काठमाण्डौं । नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आज ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।
दाहिने खुट्टामा चोट लागेका लामाको वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको टोलीले सफल शल्यक्रिया गरेको हो ।
लामाको आजदेखि नै फिजियोथेरापी शुरु गरिने र उपचारपछि ६ देखि ८ महिना सम्ममा खेल मैदानमा फर्किनसक्ने डा पाण्डेले बताउनुभयो ।
हिजो धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनल खेलका क्रममा नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएपछि लामालाई तत्काल उक्त अस्पतालमा ल्याइएको थियो ।
Facebook Comments Box