एजेन्सी । सरकार चलाउन आवश्यक दुईवर्षे बजेट पास नभएपछि अमेरिकामा फेरि सरकारी कामकाज ठप्प हुने देखिएको छ ।
अस्थायी बजेटको म्याद पूरा हुनुअघि नै विधेयक स्वीकृत हुने अपेक्षा गरिएतापनि समय सीमा सकिएकाले सरकारी कार्यालय पुनः बन्द रहने भएको बताइएको छ ।
यसैवर्षको सुरुवातमा पनि अमेरिकी सिनेटमा सत्तापक्ष र विपक्षबीच गैरकानुनी आप्रवासी सम्बन्धी विवाद भएपछि तीन दिनसम्म सरकारी सेवा बन्द गरिएको थियो ।
यसपछि दुवै पक्षको सहमतिमा म्याद थप गरि अस्थायी बजेट पास गरिएको थियो । त्यसैले अब सिनेट र प्रतिनिधि सभा दुवैको स्वीकृतिमा २ वर्षे बजेट पास गरिएपछि मात्र सरकारी कामकाज सूचारु हुने बताइएको छ ।
शुक्रबारको काममा कतिको असर पुर्याउँछ भन्ने पक्का नभएपनि भोलि भने काममा जानुअघि कर्मचारीहरुलाई सम्बन्धित कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ ।
Facebook Comments Box