काठमाण्डाैं । बजार भाउ भन्दा सस्तोमा सुन मिलाइदिने भन्दै २० लाख ठगेर फरार भएका भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितको उजुरीको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ गर्नेमा दाङका नरेन्द्र महरा, दार्चुलाका इन्द्रसिंह धामी र भूपेन्द्रसिंह धामी रहेका छन् ।
उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ परेका उनीहरुको साथबाट २०लाख ५० हजार, आईफोन, बा ११ च ७६४२ नम्बरको स्विफ्ट गाडी सहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
घटनामा पक्राउमा परेका नरेन्द्र महराको साथबाट बरामद भएको आईफोनको फोटो ग्यालरीमा रेडपाण्डाको छालाको फोटो देखिएपछी अनुसन्धान गर्दै जाँदा अर्का एक व्यक्तिसमेत पक्राउ परेका छन् ।
Facebook Comments Box