काठमाण्डाैं । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आज हुने नेपाल र युएईबीचको खेल वर्षाको कारण समयमै हुन सकेको छैन ।
नियमित तालिकाअनुसार नेपाली समयअनुसार १ बजेर १५ मिनेटमा सुरु हुनुपर्नेमा वर्षाका करण केही ढिलो भएको हो ।
हिजो परेको पानीको कारण युनाइटेड क्रिकेट क्लब मैदान अझै चिसो छ । आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । अन्तिम दुईमा पर्नका लागि पनि नेपाली टिमलाई जित आवश्यक रहेको छ ।
नेपालले यसअघि आयोजक नामिवियालाई १ विकेटले पराजित गरेको थियो भने आफ्नो दोस्रो खेलमा कमजोर मानिएको ओमनसँग ६ विकेटको हार ब्यहोरेको थियो ।
Facebook Comments Box