काठमाण्डाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको व्यापार घाटा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । उपराष्ट्रपति पुनले चीनसँगको व्यापार घाटा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ६६ अरव ३० करोड पुगेको तथ्यांक पेश गर्दै त्यो मुलुकको समृद्धिका लागि सुखद् संकेत नभएको पनि स्पष्ट पार्नु भयो ।
आज काठमाडौंमा आयोजित नेपाल हिमालय सिमापार वाणिज्य संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई समृद्ध बनाउन आयात व्यापारलाई घटाउँदै लैजानुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बाम गठबन्धन नेतृत्वमा बन्ने नयाँ सरकारले मुलुकमा आर्थिक उन्नतिको जग बसाल्ने विश्वास व्यक्त गर्नु भयो ।
Facebook Comments Box