एजेन्सी । अमेरिकाले सिरियाका कुर्द र अरब लडाकुमाथि एकाएक हमला गरेको सिरिया सरकारले जनाएको छ । सिरिया सरकारले अमेरिकी नेतृत्वको गठबन्धनले गरेको त्यस्तो हमलाको निन्दा गरेको छ ।
अमेरिकी अधिकारीहरुको अनुमानमा भएको घटनामा सिरियाली सरकार समर्थक झण्डै एक सयजना सैनिकको ज्यान गएको थियो ।
अमेरिका समर्थित सिरियाली प्रजातान्त्रिक सैन्यले इस्लामिक स्टेट समूहको नियन्त्रणबाट आफ्नो कब्जामा लिएका क्षेत्रमा ती सिरियाली सरकार समर्थक सैनिक प्रवेश गर्न खोजेको अमेरिकीले आरोप लगाएका छन ।
सिरियाली सरकारी संचार माध्यमले अमेरिकी नेतृत्वको गठबन्धनले गरेको हमलामा दर्जनौं मानिसहरु मारिएका र घाइते भएका बताएका छन् ।
सरकार समर्थक सैन्यले एसडीएफको स्थापित मुख्यालयमा एकाएक हमला गरेको अमेरिकी नेतृत्वको गठबन्धनले आरोप लगाएको छ ।
Facebook Comments Box