मुम्बई । बलिउडका महानायकका रुपमा परिचित अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या देखिए पछि अमिताभलाई अस्पताल भर्ना गरिएको हो ।
अमिताभलाई भारतको मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यस्थित कस्तो छ भन्नेबारे अहिलेसम्म कुनै जानकारी बाहिर आउन सकेको छैन ।
अस्पतालमा अमिताभका सबै आफन्त जम्मा भएका छन् । उनका शुभचिन्तक र केही बलिउडका अभिनेताहरु समेत लीलावती अस्पताल पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
Facebook Comments Box