काठमाण्डाैं । भूकम्पपीडितका घरलाई अब सरकारले बीमा पनि गरिदिने भएको छ ।
भविष्यका सम्भावित जोखिमहरुलाई मध्यनजर गर्दै सरकारी अनुदानमा बन्ने निजी आवासको बीमा गर्ने तयारी थालिएको हो ।
सरकारले प्रवाह गरिरहेको सहुलियत व्याजदरको ऋणसँग जोडेर बीमा पनि गर्ने आन्तरिक गृहकार्य भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले जानकारी दिनु भयो ।
हाल प्राधिकरणले शहरी क्षेत्रका पीडितलाई २५ लाख रुपैयाँ र ग्रामीण इलाकामा दुई प्रतिशत सहुलियत व्याजदरमा ऋण दिँदै आएको छ ।
त्यसको अवधि अधिकतम १० वर्षसम्म रहने व्यवस्था छ । हालसम्म ६ सय ६९ लाभग्राहीले यस्तो कर्जा सुविधा लिएका छन् ।
Facebook Comments Box