काठमाण्डाैं । चितवनका मध्यवर्ती क्षेत्र दुर्लभ वन्यजन्तु पाटे बाघको राम्रो वासस्थान बन्दै गएको पाइएको छ ।
चितवनको टिकौली जंगलमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो ।
भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविकमार्ग (करिडोर) क्षेत्रमा दुर्लभ पाटे बाघलगायत वन्यजन्तु र तिनिहरुको अवस्थाबारे अध्ययन भइरहेको छ ।
गएको छ महिनादेखि जारी अध्ययनका क्रममा चितवन निकुञ्जभित्र मात्रै नभई मध्यवर्ती क्षेत्रमा समेत पाटे बाघले वासस्थान बनाएर बसेको पाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले जानकारी दिनुभयो ।
अझै थप छ महिना सो क्षेत्रमा अत्याधुनिक क्यामेरा राखेर क्यामेरा ट्र्या्पिङ विधिबाट अध्ययन गरिने उहाँको भनाइ छ ।
Facebook Comments Box