काठमाण्डाैं । नेपालमा पहिलो पटक चियाखेतीको गणना हुदैछ । नेपाल सरकारले आजवाट चियाखेति हुने सम्पूर्ण गणनाको कार्य सुरु गरेको छ ।
केन्द्रिय तथ्याङक विभाग र उन्नती परियोजनाको सहकार्यमा देशभर संचालनमा रहेका चिया वगान र चिया कारखानाको गणना लिने काम सुरु गरेको राष्ट्रिय चिया कफी विकास वोर्डका योजना अधिकृत गौरव लुइटेलले जानकारी दिनुभएको छ ।
एक रोपनीभन्दा वढी चिया खेती गरेका किसान, चिया वगान र चिया कारखानालाई गणनामा समावेस गरिने राष्ट्रिय चिया तथा कफी विकास वोर्डले जानकारी दिएको छ ।
वोर्डका अनुसार हाल नेपालमा २७ हजार ६ सय ८८ हेक्टर जमिनमा चिया खेति हुने गरेको छ ।
Facebook Comments Box