काठमाण्डौं । आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या अब नेपालमै १४ वटा पुगेको छ । आठ वटा मात्र हिमाल रहेको भनी प्रचार हुँदै आए पनि पर्यटन विभागले थप ६ वटालाई सूचीकृत गरी १४ वटा र्पुयाएको हो ।
थप भएका आठ हजारभन्दा अग्ला हिमालमा सोलुखुम्बुको ल्होत्सेसार , ताप्लेजुङमा पर्ने यालुङ काङ , कञ्चनजंघा साउथ , कन्चनजंगा सेन्ट्रल , ल्होत्से मिडिल र यालुङ काङ बेस्ट छन्।
यसअघिसम्म सगरमाथा, कञ्चनजंघा , ल्होत्से, मकालु , छ्यो यु , धौलागिरि प्रथम , मनास्लु , अन्नपूर्ण प्रथम सूचीकृत भएका थिए ।
विभागले थप भएका हिमालको नामसहित अक्षांश, देशान्तर, उचाइ र हिमाल रहेको स्थानको विस्तृत विवरणसहित सूचीकरण गरेको विभागका प्रवक्ता लक्ष्मण शर्माले जानकारी दिनु भयो ।
आरोहणका लागि खुला गरिसकेका १४ अग्ला हिमालमध्ये यालुङ काङ बेस्ट बाहेक सबैमा आरोहण भइसकेको शर्माले बताउनु भयो ।
Facebook Comments Box