काठमाण्डौं । लागुऔषध तस्करी मुद्दामा एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कार्यालय महाराजगन्ज वृत्तले आज उनलाई महाराजगन्जबाटै पक्राउ गरेको महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिनु भयो ।
अदालतको फैसला कार्यान्वयनका लागि उनलाई प्रकाउ गरेको प्रहरीले बताएको छ । लारीलाई सन् १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २५० किलो चरेसमा उनको संलग्नता खुलेको थियो ।
त्यसयता उनलाई प्रहरीले फरार अभियुक्त भनी जिल्ला अदालतमा मुद्दा तामेलीमा राखिएको थियो ।
Facebook Comments Box