काठमाण्डौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग्दै निवेदन दिएका डा गोविन्द केसीसहितको टोलीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिलिपि नदिई फर्काएको छ ।
गत १७ गते डा केसीले बबहरमहलस्थित सिडिओ कार्यालय पुगेर नागरिकलाई सूचना हक अन्तर्गत निवेदन दर्ता गरी पराजुलीको नागरिकता प्रतिलिपि माग गर्नु भएको थियो ।
सिडिओ कार्यालयले निवेदनको जवाफमा पत्र दिँदै प्रधानन्यायाधीश पराजुलीको नागरिकता माघ ९ मै सर्वोच्च अदालत पठाइसकिएको र मुद्दाको पक्षले नक्कल लिन पाउने नै हुँदा उपलब्ध गराइरहनु नपर्ने भनेको छ ।
आज डा केसीसँगै अधिवक्ता अर्याल र डा सिंह प्रतिलिपि लिन सिडिओ कार्यालय पुग्दा सूचना अधिकारी ललितकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्र थमाइएको हो ।
Facebook Comments Box