काठमाण्डौं । बाराको सिमरा रङ्गशालामा भोलीबाट सुरु हुने नवौं सिमरा गोल्डकपको सबै तयारी पूरा भएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहने नव जनजागृती युवा क्लबले जनाएको छ ।
प्रतियोगिताको दुई संस्करणको विजेता मनाङ मस्र्याङदी क्लबले भने अन्तिम समयमा सहभागि नहुने बताएपछि आयोजक क्लबका निलो र सेतो गरी २ टिम सहभागि हुने छन् ।
साविक विजेता संकटा क्लब, थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब विराटनगर, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, सुदुरपश्चिम ११ स्पोर्टस् क्लब धनगढी, विजय युथ क्लब धनगढीसहित आयोजक नव जनजागृती युवा क्लबको एनजेजे वाईसी, सेतो र एनजेजे वाईसी निलो गरि १० टिम सहभागि हुनेछन् । प्रतियोगिता फागुन ५ गतेसम्म चल्ने छ ।
Facebook Comments Box