चितवन । नौबुँदे सौराहा घोषणापत्र जारी गर्दै बाघ, एशियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठी सकिएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा कृषि विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको संयुक्त आयोजनामा यही माघ २२ गतेदेखि अन्तर्रा्ष्ट्रिय विज्ञको सहभागितामा कार्यशाला शुरु भएको थियो ।
विभिन्न १३ देशका विज्ञ सहभागी कार्यशालाले वन्यजन्तुको स्वास्थ्य व्यवस्थापन रणनीति र त्यसको कार्यान्वयनका लागि संयन्त्र तयार पार्न सम्बन्धित निकायमा पहल गर्ने निष्कर्षसहित नौबुँदे सौराहा घोषणापत्र जारी गरेको छ ।
Facebook Comments Box