धरान । थ्रीस्टार क्लब, सुनसरीमा जारी बुढासुब्बा गोल्डकप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । यो सँगै सेमिफाइनल समिकरण समेत पुरा भएको छ ।
थ्रीस्टारसँगै आहारारा गोल्डकप विजेता नेपाल पुलिस क्लब, सीएमजी संकटा क्लब र भारतको दुर्गापुर स्टिल कोलकात्ताले अन्तिम चारमा स्थान बनाएका हुन् ।
धरान रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा थ्रीस्टारले सुदुरपश्चिम ११ लाई ४–० गोल अन्तरमा पराजित र्गयो ।
पहिलो सेमिफाइनलमा भोली डिफेण्डिङ च्याम्पियन पुलिस र उपविजेता संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
बिहीवार हुने दोस्रो सेमिफाइनलमा थ्रीस्टारले पाहुना टोली कोलकात्तालाई प्रतिद्वन्दी पाएको छ । फाईलन खेल शनिवार हुनेछ ।
Facebook Comments Box