धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको लागि गरिएको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनोट भएका छन् ।
डीपीएलको नियमअनुसार प्रत्येक खेलमा एक जना सुदूरपश्चिमका खेलाडी हुनुपर्ने व्यवस्था भएपछि खेलाडी छनोट गरिएको हो ।
ट्यालेन्ट हन्टबाट प्रकाश जैशी, नारायण जोशी, सुवोध ऐर, विजय राना, लोकेश बम र विक्रम ठगुन्ना छनोट भएका छन् । यस्तै किरन कुमार आग्री, वसन्तसिंह कार्की, शेर मल्ल, पूर्णसिंंह ठकुरी, प्रकाश सिंह र सागर भण्डारी पनि ट्यालेन्ट हन्टबाट छनोट भएका छन् ।
ट्यालेन्ट हन्टबाट छनोटमा परेका १२ जना मध्ये ६ खेलाडीले आउँदो चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने डीपीएल खेल्न पाउने छन् ।
Facebook Comments Box