काठमाण्डौं । डा. गोविन्द केसीले न्यायिक जाँचबुझ आयोगको सिफारिसबमोजिम त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने लगायतका मा अघि सार्दै पूरा नभए कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिनु भएको छ । आज विज्ञप्ति जारी गर्दै उहाँले यस्तो चेतावनी दिनु भएको हो ।
उहाँले न्यायिक जाँचबुझ आयोगको सिफारिस बमोजिम त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्ने, अन्य विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलका तत्कालीन पदाधिकारीहरुलाई कारवाही गर्ने, आइओएम डिनको कार्य सम्पादनमा ल्याइएको अवरोध रोक्ने र गोपाल पराजुलीले राजीनामा दिने तथा उनले दिएको ज्यान मार्ने धम्कीमाथि निष्पक्ष छानविन हुनेजस्ता कामहरु अविलम्ब नभएमा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिइएको छ ।
Facebook Comments Box