काठमाण्डौं । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब सवा २ अर्ब रुपैयाँ चाहेको बेला निकाल्न दिन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्नेगरी निवेदकले चाहेको समयमा पैसा निकाल्न दिन आदेश जारी गरेको हो ।
पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै सर्वोच्चले आदेश जारी गरेको हो ।
रकम रोकिँदा निवेदक सुमार्गीको उद्योगलाई क्षति पुग्न गइरहेको देखिएको भन्दै सर्वोच्चको आदेशमा उल्लेख छ ।
विदेशबाट ल्याउन लागेको करिब ४ अर्ब रुपैयाँ शंकास्पद भएको भन्दै नेपाल राष्ट्र बैंकले उक्त रकम रोक्का राखेको छ ।
सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि फागुन २ गते बोलाएको छ ।
Facebook Comments Box