ललितपुर । निजामती सेवामा प्रवेश गरेका शाखा अधिकृतहरुले राष्ट्र र जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका छन ।
शाखा अधिकृतहरुले भ्रष्टाचार हुन नदिने अठोट पनि व्यक्त गरे । निष्पक्ष, पारदर्शी भएर राष्ट्र र जनताको सेवामा समर्पित हुने शाखा अधिकृत दिलबहादुर खड्काले बताउनु भयो ।
ललितपुरमा आयोजित आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि उहाँले भ्रष्टाचार नियन्त्र गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
अर्की शाखा अधिकृत रश्मी रेग्मीले जनताको तहमा हुने कुनै पनि समस्या छिटोभन्दा छिटो समाधान गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । ‘करिअर’ बनाउनुपर्ने भएकाले अव भ्रष्टाचार आफै नियन्त्रण हुँदै जाने उहाँको विश्वास छ ।
शाखा अधिकृत खगेन्द्र बर्देवाले राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले निजामती सेवाको गरिमालाई अझै उचो बनाउने अठोट पनि व्यक्त गर्नु भयो ।
शाखा अधिकृतहरुले सच्चचरित्र, कानुनको पालना, पारदर्शिता र उत्तरदायित्व पूरा गर्ने प्रतिवद्धता आधारभूत प्रशासन प्रशिक्षणको क्रममा व्यक्त गरेका हुन ।
सरकारले हालै लोकसेवा आयोगबाट छनौट भएका ३ सय ७० जना शाखा अधिकृतहरुलाई आधारभूत प्रशासन प्रशिक्षण तालिम दिएको थियो ।