भद्रपुर । झापाको मेचीनगर नगरपालिका ६ नकलबन्दाबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा विर्तामोड नगरपालिका २ बस्ने २० वर्षीय करण शेर्पा र दमक नगरपालिका २ बेलडाँगी बस्ने २० वर्षीय मनिष श्रेष्ठ रहेको सीमा प्रहरी चौकी नकलबन्दाले जनाएको छ।
प्रहरीले दुवै जनालाई डाईजोपाम ५७ एम्पुल, लुपिजेसिक ५७ एम्पुल र फेनारगन ५७ एम्पुलसहित पक्राउ गरेका हो।
बरामद लागूऔषधसहित दुबै जनालाई सीमा प्रहरी चौकीमा राखि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box