काठमाण्डाैं । नुवाकोटका तीन ठाउँमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि प्रारम्भिक चरणमा दश स्थान छनोटमा परेका छन् ।
एकीकृत बस्ती निर्माणका लागि सम्भावित बस्तीको छनोट गर्न चयन भएको परामर्शदाता कम्पनीले तयार गरेको प्रतिवेदनको आधारमा जिल्लाका सरोकारवाला सम्मिलित बैठकको सुझावको आधारमा छनोट भएका दश स्थानको विस्तृत स्थलगत अध्ययन शुरु गर्न लागिएको हो ।
विकासका पर्याप्त पूर्वाधार निर्माण गर्न सकिने, ठूलो समूहमा बस्ती बसाल्न सकिने स्थान भएको, आसपास बस्तीलाई समेत पायक पर्ने सम्भावित दश स्थान छनोटमा परेकाले स्थलगत अध्ययनको आधारमा तीन बस्ती छनोट गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख विदुर खड्काले जानकारी दिनुभयो ।
Facebook Comments Box